News Portal

  • चतरामा ठूलो आश्रम बनाएर बसेका ‘सिद्धबाबा’ भनिने ढोंगी बाबा बलात्कार आरोपमा पक्राउ

    भक्तपुर, १६ मङ्सिर
    ९८८ पटक
    भक्तपुर, १६ मङ्सिर

    ढोंगी बाबाका अनेक बदमासी बेलाबखत मिडियामा आइरहन्छन । यसैबीच बलात्कार आरोप लागेका सुनसरीको चतरा बस्ने ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगर बाट पक्राउ परेका छन् ।

    आफ्नै एक अनुयायी भक्तलाई जबर्जस्ती करणीको आरोप लागेका गिरीलाई सोमवार विहानै प्रहरीले गिरफ्तार गरेको हो । सुनसरी प्रहरीले विराटनगरस्थित विराट नर्सिङ होम बाट उनलाई पक्राउ गरेको जनाएको छ ।

    एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीको भनाइ छ । ती महिलाले आफूमाथि कृष्णदासले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    महिलाको जाहेरी पछि उनी हार्ट अट्याक भएको भन्दै अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताइएको छ । गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्।

    गिरीका अनुयायीहरुले उनलाई फसाउन खोजिएको आरोप लगाइरहदा गिरीले आफूबाट गल्ती भएको भन्दै रुँदैरुँदै माफी गरिदिन याचना गरेको अडियो रेकर्ड नै सार्वजनिक गरेपछि प्रहरीले उनलाई सोमवार विहान पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...