News Portal

  • बहुबिबाह गर्ने कर्मचारीको जागिर जाने

    भक्तपुर, १६ मङ्सिर
    १०४५ पटक
    भक्तपुर, १६ मङ्सिर

    बहुबिबाह कानुन द्वारा बन्देज छ तरपनि ब्यवहारमा त्यो लागू हुन भने सकेको देखिदैन । यसैबीच, सरकारले बहुविवाहप्रति कठोर कदम चाल्ने संकेत गरेको छ ।

    सरकारले बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने भएको हो ।

    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई बर्खास्त गर्ने गरी व्यवस्था गर्न मस्यौदा तयार पारिएको छ ।

    बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै सरकारले निजामति सेवासम्बन्धी विधेयकमा पहिलो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे त्यस्ता निजामति कर्मचारीको जागिर बर्खास्त गर्ने व्यवस्था गर्न मस्यौदामा भनिएको छ ।

    आज सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा यसमाथि छलफल हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...