News Portal

  • जिप दुर्घटना हुँदा एकै गाउँका १४ जनाको ज्यान गयो

    भक्तपुर, १७ मङ्सिर
    ६९७ पटक
    भक्तपुर, १७ मङ्सिर

    गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान जादै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

    गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार घाइतेहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।

    दुर्घटनामा मृत्यु हुनेहरु नामावली
    सुचना कार्की (अन्दाजी वर्ष २६)

    धनबहादुर कार्की (अन्दाजी वर्ष ६५)

    बसुन्धरा कार्की (अन्दाजी वर्ष ४०)

    माया थापा (इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३)

    भुमा कार्की (नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६०)

    लक्ष्मी केसी (बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५)

    सीता कार्की (इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्ष)

    अनुस्का कार्की (इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्ष)

    झवि कार्की (इस्मा ४ वस्ने अन्दाजी ६५ वर्ष )

    महेन्द्र कार्की (इस्मा ४ बस्ने अन्दाजी ४० वर्ष)

    भूमि कार्की (अन्दाजी वर्ष ४५)

    मीना बस्नेत (अन्न्दाजी वर्ष २५)

    तुलसी कार्की (अन्दाजी वर्ष ३०)

    धनबहादुर कार्की (अन्दाजी वर्ष ६५)

    त्यसैगरी घाइते हुनेहरुमा इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...