News Portal

  • बस दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

    भक्तपुर, २२ मङ्सिर
    १०८३ पटक
    भक्तपुर, २२ मङ्सिर

    लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

    उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए । उनका अनुसार उक्त घटना विहान ७ बजेतिर भएको हो । बस दुर्घटना हुँदा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० बर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

    गभ्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्च भएका छन् । १ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार उक्त बसमा करिव १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडि छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...