News Portal

  • उपत्यकामा भोलि जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने

    भक्तपुर, २३ मङ्सिर
    १०६७ पटक
    भक्तपुर, २३ मङ्सिर

    भोलि अर्थात् मंसिर २४ गते दक्षिण एशियाली खेलकुदको समापन हुँदैछ । उक्त दिन काठमाडौं उपत्यका भित्र जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने भएको छ।

    भोलि ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेका हुन् ।

    ट्राफिक प्रहरीले पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको बताएका छन् ।

    यस्तो छ ट्राफिक प्रहरीको अनुरोध

    १. मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन।

    २. ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन।

    ३. दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन।

    ४. २४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू निकाल्नु हुन।

    ५. सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन।

    ६. खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन।

    ७. हर्नलाई पूर्ण रूपले निषेध गर्नुहुन।

    ८. ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नु हुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन।

    ९. ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेघाहर्ज सुन्नहुन।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...