News Portal

  • ब्राउनसुगरसहित दुई जना पक्राउ

    भक्तपुर, ३० मङ्सिर
    ७८१ पटक
    भक्तपुर, ३० मङ्सिर

    धरानबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई समातिएको हो ।

    प्रहरीको नियन्त्रणमा आएका झापा मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय पासाङ शेर्पा रहेका छन् ।

    उनीहरुलाई आइतबार राति धरान उपमहानगरपालिका-८ बाट २२ दशमलब ३३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबी ७४ एएफ ३१४९ भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । कारको चालक समेत रहेका दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...