News Portal

  • शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने, टुटल र पठाओबारे बुझौं

    भक्तपुर, ३० मङ्सिर
    १०६५ पटक
    भक्तपुर, ३० मङ्सिर

    पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो ।

    ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको छ । यो नै मुद्दाको फैसला भने होइन । अन्तिम सुनुवाईपछि मात्रै यसबारे फैसला हुने अदालतको आदेशमा उल्लेख छ।

    के हो टुटल र पठाओ
    टुटल र पठाओ मोटर साइकल मार्फत यातायातको सेवा प्रदान गर्ने सेवा प्रदायक कम्पनी हो । ट्याक्सीले जस्तै पैसा लिएर मोटरसाइकलबाट यात्रा सेवा लिन चाहनेले टुटल र पठाओ एप्स डाउनलोड गरि आवश्यकता अनुसार सेवा लिन सक्छन ।
    यो सेवा ट्याक्सी भन्दा तुलनात्मक रुपमा सस्तो, छिटो र प्रविधीमैत्री भएकोले युवा पुस्ता माझ लोकप्रिय छ । नेपालमा पछिल्लो समय भारतीय नाकाबन्दीको बेला भएको ‘लिफ्ट’ लिनेदिने कुराबाट प्रभावित भएर टुटल र पठाओ लाई ब्यवासायिक रुपमै अघि बढाइएको बताइन्छ ।
    यो सेवा तुलनात्मक रुपमा सस्तो, छिटो र प्रविधीमैत्री भएपनि प्रविधिसंग पहुँच नभएकाले प्रयोग गर्न नसक्ने र सुरक्षाको दृष्टीले भरपर्दो नरहने जस्ता बेफ़ाइदहरु पनि उत्तिकै छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...