News Portal

  • ‘नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ’: अभियान्ता राजानन्द माण्डव्यक

    भक्तपुर, १ पुस
    ७४३ पटक
    भक्तपुर, १ पुस

    मंगलबार विभिन्न कार्यक्रम गरी दोस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले आयोजना गरी गत वर्षबाट राष्ट्रिय झण्डा दिवस मनाउँदै आएको हो ।

    अभियान्ता राजानन्द माण्डव्यक अनुसार नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो ।

    राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र भएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा यसको प्रयोग बढिरहेको उनले बताए । ‘गाडीमा प्रयोग भएको झण्डा च्यातिएको अवस्थामा छ भने तिनै झण्डा फहराएर हिँडेका छन् । झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा होइन यो राष्ट्रको पहिचान हो’, उनले भने ।

    राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको प्रयोग बढेको भन्दै उनले असन्तुष्टि समेत जनाए । “झण्डामा प्रयोग भएको चन्द्र, सूर्यको महत्व कसैलाई थाहा छैन् । ५ वटा कुनाको भ्यालु के हो त्यो पनि कसैर्लाइ थाहा छैन्”, उनले भने, “झण्डा बोक्नु ठूलो कुरा होइन् । यसको मान, सम्मान र आचारसंहित बुझ्नु जरुरी छ ।”

    सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...