News Portal

  • चिनियाँ दुतावासद्धारा महानगरीय प्रहरीलाई २३ मोटरसाइकल प्रदान

    ११६३ पटक

    नेपालस्थित जनवादी गणतान्त्रिक चीनको दुतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौलाई सहयोग स्वरूप २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ५६ लाख ३२ हजार ७ सय रूपैया बराबरका २३ मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ दुतावासका प्रथम सचिव वाङ्ग सी लङ्गले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा चिनियाँ दुतावासका प्रथम सचिव वाङ्गले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले शदियौंदेखिको नेपाल चिनवीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने धारणा व्यक्त गरे ।

    यसले उपत्यकाका अत्याधिक जनघनत्व र भौतिक संरचनाहरूको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अबस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने उनले विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक सैलेश थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने बताउदै उक्त सहयोगका लागी चिनियाँ दुतावासलाई धन्यवाद दिएका थिए । उपलब्ध भएका २३ वटा मोटरसाईकललाई आवश्यकता अनुसार काठमाडौ, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...