News Portal

  • सरकारबाट बिदा हुँदै कानुन मन्त्री उपेन्द्र यादव

    भक्तपुर, ८ पुस
    १००९ पटक
    भक्तपुर, ८ पुस

    उपेन्द्र यादव सरकारबाट बिदा हुने भएका छन्। मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रोकेपछि उपप्रधान तथा कानुन मन्त्री यादव मंगलबारै राजीनामा दिने तयारीमा जुटेका हुन् ।

    सरकारमा रहेका दुई मन्त्री उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिन लागेको समाजवादी पार्टी स्रोतको जानकारी छ ।

    स्रोतका अनुसार दुवै मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएपछि बुधबार बस्ने पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्नेछ। संविधान संशोधन नहुने अवस्थामा सरकार छाड्न पार्टीभित्रैबाट दबाबमा परेका यादव अन्तत: सरकार छाड्ने निर्णयमा पुगेका हुन्।

    मंगलबार पार्टी मुख्यालय बालकुमारीमा बसेको पदाधिकारी बैठकमा पुगेका यादवले बुधबार महत्वपूर्ण निर्णय हुने बताएका थिए। बुधबार ११ बजे अध्यक्ष यादवले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

    पदाधिकारी बैठकलगत्तै २ बजे पार्टी संसदीय दलको कार्यालयमा यादवले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...