News Portal

  • नयाँ शिक्षा नीतिमा तीन ऐन ल्याउने तयारी

    भक्तपुर, ९ पुस
    ६८४ पटक
    भक्तपुर, ९ पुस

    संघीय संसद्को चालू हिउँदे अधिवेशनबाट शिक्षासम्बन्धी तीन ऐन पारित गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले थप तीन ऐन पारित गरिने बताएका छन् ।

    शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा : स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयका अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले जारी भइसकेका नयाँ शिक्षा नीतिका आधारमा विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका तीन ऐन ल्याउने तयारी भएको बताएका हुन् ।

    मन्त्री पोखरेलले पहिला एकीकृत संघीय शिक्षा ऐनको तयारीमा रहेको र त्यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसहेको भएपनि अहिले तीन अलग–अलग विधेयकको आवश्यकता महसुस भएकाले त्यसको मस्यौदा निर्माणमा तीन समिति बनाएर मन्त्रालय जुटिरहेको बताए ।

    मन्त्री पोखरेलले बाहिर टिप्पणी गरिएजस्तो संघीय सरकार र स्थानीय तहबीच शिक्षाको प्रबन्ध र गुणस्तरीय शिक्षाका सन्दर्भमा कुनै टकराव नरहेको स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...