News Portal

  • आकाशमा आगोको मुस्लो देखेपछि हवाईजहाज दुर्घटनाको आशंका

    भक्तपुर, ९ पुस
    ६२२ पटक
    भक्तपुर, ९ पुस

    मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रस्थित आकाशमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमानामा झण्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको स्थानीयले जानकारी दिएका छन् । ‘बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमाना क्षेत्रमा ठूलो आगोको मुस्लो आइरहेको छ’, बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेले सुनाए ।

    आगोको मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिंडिसकेको पनि घिमिरेले जानकारी दिएका छन् । आगोको मुस्लो देखिएको स्थानमा केहि समयअघि प्लेन आएको देखिएको जानकारी दिंदै उनले भने, ‘प्लेन नै खसेको हुन सक्ने आशंका धेरै छ, हामीहरूबाट त्यो स्थान नजिकै पर्छ । प्रहरीको टोली हिंडिसकेको छ । आधिकारिक कुरा आउँला नै ।’

    इपाखोलाको मुहान धार्केमा निजी हेलिकोप्टर दुर्घटना भएको खबर प्राप्त नेपाली सेनाको स्रोतले जानकारी दिएको छ । द्रुतमार्ग निर्माणमा खटिएको सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले जानकारी दिएका छन् । यसैबीच नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले अहिलेसम्म कुनै दुर्घटनाको जानकारी नआएको बताउँदै नेपालमा रहेका आन्तरिक विमान र नेपालको टावरसँग सम्पर्कमा आएका कुनै पनि विदेशी विमानसँग सम्पर्क विच्छेद नभएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...