News Portal

  • सभामुख उम्मेदवारको विषय लिएर पुगे अध्यक्ष प्रचण्ड बालुवाटार

    भक्तपुर, १५ पुस
    १०२३ पटक
    भक्तपुर, १५ पुस

    सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन । सोही विषयमा छलफल गर्न नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    प्रतिनिधिसभाले आजबाट सभामुख चयनका लागि प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।

    आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन गएपछि यसबारे निर्णय हुन सकेको छैन । नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको नेकपाका एक नेताले बताए ।

    अध्यक्ष प्रचण्ड पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् । उनले पूर्व एमालेले राष्टपति, प्रधानमन्त्री र राष्टियसभा अध्यक्षजस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री ओली यसबारे केही बोलेका छैनन् । तर ओलीनिकट नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुवास नेम्वाङको विकल्प खोज्न नहुने बताइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा रहेको निकट स्रोतले जनाएको छ ।

    नेपाल निकट स्रोतले भन्यो, ‘उहाँसँग अहिले कसलाई सभामुख बनाउने भनेर सल्लाह मागिएको छैन । तर हिजो दलको उपनेता बनाउने बेला माधव नेपालले नै ओली र नेम्वाङबीच मध्यस्थ गर्नुभएको थियो । नेपालकै आग्रहमा नेम्वाङ उपनेता बन्नुभएको हो । अहिले पनि नेम्वाङ सभामुख बनाउने सन्दर्भमा उहाँको विमति होला जस्तो लाग्दैन ।’

    नेकपा अध्यक्ष प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाडन् दबाव छ । पूर्वमाओवादीबाट अग्नि सापकोटाको मुख्य दाबेदारी देखिन्छ । ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाललगायत पनि सभामुखका दाबेदार हुन् । सरकारका प्रवक्ता तथा नेकपा नेता गोकुल बास्कोटाले भने अब नेकपामा पूर्व र पश्चिमको विभाजन नरहेको बताए ।

    उनले भने, ‘अब नेकपामा कोही पूर्वको छैन । सबै नेकपाका नेता–कार्यकर्ता हुन् । पार्टीले व्यक्तिको योग्यता, क्षमता र आवश्यकता हेरेर कसलाई कुन कामको जिम्मेवारी दिने भन्ने निर्णय गर्छ । हामीमा अब कोही पूर्व छैन । पूर्व एमाले पनि छैन,पूर्व माओवादी पनि होइन ।’

    दुई अध्यक्षबीच सभामुखमा सहमति भएपछि सचिवालय बैठक बस्ने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

    अर्को साता बस्ने नेकपा केन्द्रीय कमिटीको बैठकको समेत एजेण्डाहरूमा छलफल गर्नुपर्ने प्रचण्डनिकट स्रोतले जनाएको छ । पुस २३ बाट बस्ने बैठकमा स्थायी कमिटीले परिमार्जनसहित पारित गरेको दस्तावेज सम्पादनसहित पेस हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...