News Portal

  • केयूमा अनिश्चितकालीन तालाबन्दी, विज्ञान र इन्जिनियरिङ संकायको परीक्षा स्थगित

    भक्तपुर, १६ पुस
    ९८१ पटक
    भक्तपुर, १६ पुस

    प्राध्यापक र कर्मचारीले काठमाडौं विश्वविद्यालय (केयू) को केन्द्रीय हाताका शैक्षिक र प्रशासनिक कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

    यसअघि उनीहरूले प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका थिए । सम्झौता कार्यान्वयन नभएपछि सम्पूर्ण कार्यालयमा ताला लगाएको प्राध्यापक संघका पूर्वसभापति विभूतिरञ्जन झाले बताए ।

    केन्द्रीय हाताभित्रका डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा भएको तालाबन्दीका कारण बुधबारदेखि हुने परीक्षा स्थगित गरिएको सूचना परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको छ ।

    जसका कारण विज्ञान र इन्जिनियरिङ संकाय स्नातक तहका आंशिक परीक्षा स्थगित भएको छ । यसअघि पनि आन्दोलित शिक्षकहरू विश्वविद्यालयले लिएको परीक्षामा सहभागी नभएपछि विद्यार्थीलाई नै निरीक्षक राखेर परीक्षा सञ्चालन गरिएको थियो ।

    विश्वविद्यालय सभा र कार्यकारी परिषद्‌मा सहभागी गराउने पूर्वसहमति विपरीत प्रशासनले बेवास्ता गरेको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलनमा छन् । विश्वविद्यालय सभामा सहभागी गराए पनि बोल्नसमेत नदिएको उनीहरूको भनाइ छ ।

    ‘सिनेटमा सहभागी भए पनि हात उठाउँदासमेत बोल्न नदिएर अपमान गरियो,’ संघका पूर्वसभापति झाले भने, ‘भदौ ३० को सम्झौता अक्षरशः पालना नभएसम्म आन्दोलन जारी राख्छौं ।’

    विश्वविद्यालयमा भइरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा छानबिन गर्न संघले माग गरेको छ । तर, कारबाहीको साटो संरक्षण गरेको, संघसँग विभिन्न समयमा भएका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलित छन् ।

    ४० दिनको निरन्तर तालाबन्दीपछि भदौ ३० गते भएको सम्झौतामा विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका एकएक प्रतिनिधि आमन्त्रित गर्ने सहमति भएको थियो । २५औं दीक्षान्तअन्तर्गत पहिलो चरणको कार्यक्रमअघि बसेको सभामा प्राध्यापकका प्रतिनिधि सहभागी थिएनन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...