News Portal

  • जब जनकपुरमा ‘सूर्य र छाता’ सँगै देखियो

    भक्तपुरपोष्ट संवाददाता२० पुस
    ७८७ पटक
    २० पुस

    जनकपुर ।   प्रदेश २ मा पनि राष्ट्रिय सभाको ४ सिटका लागि उम्मेदवारी  दर्ताका क्रममा यसअघि कहिल्यै नदेखिएको दृश्य जनकपुरमा देखियो। अघिल्लो चुनावसम्म राजनीतिक आस्थाका आधारमा मात्र होइन मधेसलाई हेर्ने दृष्टिकोणमा पनि एकअर्काको चर्को आलोचना गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का नेता/कार्यकर्ताले आज जुगलबन्दी गरे। नेकपाको चुनाव चिन्ह सूर्य र राजपाको छाता भएको झन्डा बोकेर दुबै दलको जुलुस निर्वाचन कार्यालयसम्म पुग्यो।

    मधेश आन्दोलनताका एक अर्को दलको कार्यकर्ताले एक अर्कालाई तल्लोस्तरसम्म गाली गर्ने गरेका थिए भने एकअर्काविरूद्ध जुलुस पनि निकाल्थे। कार्यकर्तामात्र होइन दुबै दलका शीर्ष नेता पनि एकअर्कालाई होच्याउने अभिव्यक्ति दिन्थे।

    पुस २ गते अचानक यी दुई दलबीच बालुवाटारमा दुई बुँदे सहमति भयो। सहमतिको पहिलो बुँदामा माघ ९ गते हुने राष्ट्रिय सभा चुनावमा प्रदेश २ का ४ सिट बाँड्ने कुरा छ।प्रधानमन्त्रीनिवासमा पार्टी अध्यक्षहरूले सहमति गरेपछि कार्यकर्ताले सुरूमा दुबै दलका कार्यकर्ता सुरूमा अलमलिए, संकोच माने।

    आइतबार राष्ट्रिय सभाको उम्मेदवारी दर्ता गर्न जाँदा उनीहरूको संकोच हटेर गयो। आ-आफ्ना पार्टीका झन्डा बोकेर दुबै दलका नेता/कार्यकर्ताले एउटै जुलुस निकाले। राजपा र नेकपाबीचको यो मिलनलाई कतिपयलाई नेपाली राजनीतिको सकारात्मक पक्ष झल्को लाग्छ भने केही यसलाई ‘फोहोरी खेल’ को चरम उदाहरण ठान्छन्।

    जनकपुर नगरको परिक्रमा गर्दै संयुक्त जुलुस निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।सो क्रममा नेकपा र राजपाका नेता तथा कार्यकर्ताले एक अर्का दलको झण्डा बोकेर पार्टी उम्मेदवारको पक्षमा नाराबाजी गरेका थिए ।

    मधेश आन्दोलनताका एक दलको कार्यकर्ताले अर्को दललाई तल्लोस्तरसम्म गाली गर्ने गरेको दृश्य जनमानस पटलमा ताजा नै छ ।संविधान संशोधनको मुद्दालाई लिएर नेकपाका नेताहरुलाई मधेशमा निषेध गर्नेदेखि बोल्नसम्म नरुचाउने नेताहरु अहिले एक अर्कासँग ठट्टा मजाक समेत गरिरहेको दृश्य देखिन्थ्यो ।

    राजपाबाट राष्ट्रियसभाका लागि उम्मेदवारी दिएका मृगेन्द्र सिंह यादवले राजनीतिमा कोही पनि स्थायी शत्रु नहुने भन्दै समयको मागअनुसार नेकपासँग गठबन्धन भएको टिप्पणी गरे । राजपाका उपाध्यक्षसमेत रहेका उनले एक अर्का प्रतिको तिक्तता बिर्सेर नयाँ राजनीतिको बाटोमा दुबै दल मिलेर अघि बढेकोमा खुशी व्यक्त गरे ।

    यद्यपि आफूहरुको मुद्दा यथावत नै रहेको बताउँदै उनले आगामी दिनमा नेकपाले गर्ने व्यवहारमा थप सहकार्य निर्भर रहेको बताए । उनले दुई पार्टीले राष्ट्रियसभा निर्वाचनकै लागि भएपनि एक ठाउँमा आउनुले राजनीतिमा कोही कसैको परमशत्रु वा सदाका लागि मित्र नहुने कुराको प्रमाणीकरण गरेको स्पष्ट पारे ।

    त्यस्तै नेकपाबाट महिला कोटामा राष्ट्रियसभा सदस्यमा मनोयमन दर्ता  गराएकी तुलसा दाहालले गठबन्धनलाई नेपाली राजनीतिको सबैभन्दा सुन्दर पक्ष भएको टिप्पणी गरिन् । उनले विगतमा एक अर्कालाई आलोचना गर्ने दलहरु एकैसाथ मिलेर चुनाव लड्नुलाई सकारात्मक रुपमा लिन लिनुपर्ने धारणा व्यक्ति गरिन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...