News Portal

  • मलद्वारमा लुकाएर सुन र हिरा तस्करी गर्ने भारतीय नागरिक विमास्थलबाट पक्राउ

    भक्तपुरपोष्ट संवाददाता२० पुस
    ७७६ पटक
    २० पुस

    काठमाडौँ । मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुईजना त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन्।

    विमास्थल प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन र एक सय ग्राम हिरासहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्।

    प्रहरीले सारजाबाट एयर अरेबियामा नेपाल आएका कोत्ताकुथ किजाकेथिल नौशद र मलेसियाबाट आएका मोहमद मेदिन सथाली पक्राउ परेका हुन्। भन्सार एरिया कटिसकेपछि चेकजाँच गर्दा शंकास्पद बस्तु बोकेको पाइएपछि पक्राउ परेका हुन्।

    सथालीले दुई सयग्राम हिरा पेटमा राखेको र नौशदले पाँच सय ग्राम सुन मलद्वारमा राखेको पाइएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर निकालिएको हो।

    विमानस्थलमा तैनाथ प्रहरीले सत्थालीलाईचेक गर्दा शंकास्पद गतिविधि देखाएपछि उनीमाथि शंका गरिएको थियो। शंका लागेपछि प्रहरीलेउनलाई सिनामंगलस्थित कान्तिपुर मेडिकल कलेजमा लगेर चेक गराएको थियो। मेडिकल टेस्ट गराउँदा सत्थालीले क्याप्सुल बनाएर पेटभित्र २ सय ग्राम हिरा राखेको देखिएको थियो।

    यस्तै, प्रहरीले सारजाहबाट आएको जी९०५९ विमानका यात्रु भारतीय नागरिक कोत्ताकुथ किजाकेइथिल नौसादको साथबाट ५ सय ग्राम सुन पनि बरामद गरेको छ। प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...