News Portal

  • एक हजार नासु पदका लागि विज्ञापनकाे तयारी

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ९९६ पटक
    २२ पुस

    काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बा (नासु) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन गर्ने तयारी गरेको छ। आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको हो।

    यसको गृहकार्य अन्तिम चरणमा पुगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने तयारी गरेको हो।

    संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ। रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा आयोगले पदपूर्ति गर्न लागेको आयोगले जनाएको छ।

    कृषि, वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय, प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० पदमा विज्ञापन गर्न लागिएको छ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...