News Portal

  • प्रदेश–३ को राजधानी हेटौंडा नै राख्न नेकपाको पुनः निर्देशन

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ५७४ पटक
    २२ पुस

    काठमाडौं । नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न  पुनः निर्देशन दिएको छ । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर नेकपा शीर्ष नेताहरुले पुनः निर्देशन दिएका हुन् ।

    प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले नेताहरुले पुनः निर्देशन दिएको बताए। सचिवालयको निर्देशनबाट असन्तुष्ट प्रदेश–३ का सांसदहरुको टोलीले काठमाडौंमा टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलसँग छलफल गरेको थियो।

    ‘सचिवालयको निर्देशन अनुसार अगाडि बढ्न निर्देशन भएको छ,’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भनाई उध्रित गर्दै मन्त्री जम्मकट्टेलले भने, ‘सुरक्षा निकायको रिपोर्ट र पार्टीभित्र धेरै चरणको छलफलपश्चात् हेटौंडा र बाग्मती छनौट गरिएको सचिवालयलका नेताहरुले भन्नु भएको छ। पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन। हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ। हेटौंडालाई राजधानी मानेर जानुस।’

    नेताहरुले प्रदेश–३ को स्थायी राजधानीबारे असन्तुष्ट समूहसंग करिव ३ घण्टा छलफल गरेका थिए। हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भन्ने सांसदहरु प्रदेश नेकपा संसदीय दल बैठकमा विवाद बढेपछि शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं आएका थिए। मुख्यमन्त्री डोरमणि पौडेल निवास हेटौंडामा चलिरहेको संसदीय दलको बैठक स्थगित गरेर सोमबार सांसद् तथा मन्त्रीहरु काठमाडौं आएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...