News Portal

  • उत्तरपुस्तिका बाहिर पठाई अर्कैबाट उत्तर, परीक्षा निरिक्षक सहित तीनजना विरुद्ध मुद्दा

    इभक्तपुर संवाददाताभक्तपुर, २३ पुस
    १५०१ पटक
    भक्तपुर, २३ पुस

    काठमाडौं । उत्तरपुस्तिका नै परीक्षा केन्द्रबाट बाहिर पठाई अर्कै व्यक्तिबाट उत्तर लेख्न लगाएको घटनामा संलग्न तीनजना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    सिटिइभिटि अन्तर्गतको कर्णाली प्राविधिक शिक्षालयमा संचालित कृषितर्फको डिप्लोमा प्रथम वर्षको बाह्य परीक्षामा परीक्षार्थी गंगाराज शाहीका उत्तरपुस्तिकाहरु परिवर्तन गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना बिरुद्ध मुद्दा दायर गरेको हो ।

    कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत रहेका र तलबी अध्ययन बिदामा सोही शिक्षालयमा अध्ययनरत रहेका गंगाराज शाही र कर्णाली प्राविधिक शिक्षालयका परीक्षा सहायक तथा उक्त परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीले एकआपसमा मिलेमतो गरी अङ्ग्रेजी विषय बाहेक अन्य सबै विषयको परीक्षामा खाली उत्तरपुस्तिका तथा प्रश्नपत्र परीक्षा हल बाहिर पठाई गैरपरीक्षार्थी टंकप्रसाद चौलागाईलाई उत्तर लेख्न लगाई पृष्ठहरु गंगाराज शाहीको उत्तरपुस्तिकामा संलग्न गरेका थिए ।

    सोही शिक्षालयमा आइएसइ एजी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रहेका चौलागाईले प्रथम वर्षको परीक्षामा अङ्ग्रेजी विषयमा बाहेक अन्य सबै विषयमा परीक्षा निरीक्षक खत्रीले उपलब्ध गराएका प्रश्नपत्रका उत्तरहरु, उत्तरपुस्तिकाका पृष्ठहरुमा लेखिदिएको र शाहीका उत्तरपुस्तिकामा संलग्न गरेको देखिएको अख्तियारले जनाएको छ ।

    अख्तियारले शाही र खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम प्रश्नपत्रको गोपनियता भंग तथा परीक्षाको परिणाम फेरबदलसम्बन्धी कसुर गरेको पुष्टि हुन आएकोले निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको सजाय हुन मागदाबी सहित मुद्दा दायर गरेको हो ।

    यस्तै, चौलागाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरको मतियार हुने कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ मा उल्लेख भएबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ मा उल्लेखित सजायको आधा सजाय हुन मागदाबी सहित अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...