News Portal

  • सूचना प्रविधि विधेयकविरुद्ध गगनको गर्जन :अब ‘अरिङ्गाल’बाहेक सबै फस्छन्

    भक्तपुरपोष्ट संवाददाता२४ पुस
    १२१६ पटक
    २४ पुस

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे सडकदेखि सदनसम्म छलफल गर्न आफूहरु तयार रहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी आलोचना गरिएको बताएपछि थापाले विधेयकमाथि बहस गर्न चुनौती दिएका हुन् ।

    ‘माननीय मन्त्रीजीले विधेयक नपढी आयो भन्नुभएछ। यो विधेयकमा कहाँ छलफल गर्नेमन्त्रीजी, सिंहदरबारमा गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो कि तपाईको कार्यालय धुम्बाराहीमा ?’ विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार आयोजना गरेको कार्यक्रममा सांसद थापाले भने, ‘यो विधेयकको दफादफा, शब्दशब्दमा छलफल गर्न तयार छौं ।’

    पढेर विधेयकको विरोध गरेको भन्दै उनले सञ्चारमन्त्रीकै शैलीमा भने, ‘नपढी आयो भन्ने हेप्नी ?’

    जिस्काउन पाइँदैन भनेर सरकारले विधेयक ल्याएको र त्यसमा सुधार गरेर निरन्तर जिस्काउन पाइँदैन भनेर लेखिएको भन्दै उनले यसले बोल्न लेख्न रोक लगाउने बताए ।

    थापाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संवैधानिक हकविरुद्ध भएको बताएका छन् । उनले विधेयक संसदबाट जस्ताको तस्तै पारित भए नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिने बताउँदै सरकारका अरिङ्गालबाहेक कोही बाँकी नरहने टिप्पणी गरेका हुन् ।

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले विधेयक जस्ताको तस्तै पारित भए सरकाकार अरिङ्गालबाहेक कोही पनि बाँकी नरहने बताए ।

    उनले भने, ‘सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन् ।’

    उनले सूचना प्रविधि विधेयका विषयमा कडा कटाक्ष गर्दै भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन्। अरु सबै सकिन्छन्।’

    उनले विधेयक संसदीय समितिबाट पारित भएसँगै सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका छन् ।

    विधेयक संसदीय समितिबाट पारित भए पनि संसदबाट यही स्वरुपमा पारित हुन नदिन कडा आन्दोलन गर्ने उनले बताए । विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गर्न खोजेको बताउँदै यसकाविरुद्ध सबै तह र तप्काबाट सहयोग गर्न समेत उनले आग्रह गरेका थिए ।

    कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए ।

    उनले भने, ‘यस विधेयका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ । उहाँहरुको विरुद्धले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ ।’

    नेविसंघका नेता सुशिल भट्टको संयोजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, प्रतिमा गौतम, पूर्ब उपाध्यक्ष डील्लीराम सुबेदी, राम प्रसाद अधिकारी, पूर्ब सहमहामन्त्री बलदेव तिमल्सिना, पूर्ब केन्द्रिय सदस्य युबराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...