News Portal

  • नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग उर्जामन्त्रीको अपिल

    भक्तपुरपोष्ट संवाददाता२७ पुस
    १०५६ पटक
    २७ पुस

    युएइ पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायलाई अपिल गरेका छन्।

    अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधाबीमा जारी १०औं साधारणसभाको जलविद्युत सत्रमा आइतबार बोल्दै मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा नेकपा नेतृत्वको सरकारले लगानीमैत्री वातावरण निर्माण गर्दै लगेको बताए।

    जलविद्युत क्षेत्रमा लागानीमैत्री वातावरण निर्माणका लागि सरकारले कानूनी सुधार, क्षेत्रीयस्तरमा बजार विस्तार तथा विद्युत नियमन आयोग स्थापनाजस्ता काम गरेको उनको भनाइ थियो। मन्त्री पुनले सार्वजनिक निजी साझेदारीमा जलविद्युतमा लगानी प्रवद्र्धन गर्ने नेपाल सरकारको नीति रहेको चर्चा गर्दै ढुक्क भएर नेपालमा लगानी भित्र्याउन अपिल गरे।

    नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको जानकारी सभालाई दिँदै मन्त्री पुनले आन्तरिक बजारमै विद्युत खपतका लागि विभिन्न योजनासमेत अघि सारेको उल्लेख गरे।

    उनले विद्युत खपत बढाउन विशेष आर्थिक क्षेत्रमा कर छुट, विद्युतीय सवारी साधनमा प्रवद्र्धन, विद्युतीय उपकरण चार्जर सेन्टरहरु स्थापना गर्न लागिएको बताए। मन्त्री पुनले आइरेनालाई नेपालमा लगानीका लागि सहयोग जुटाइदिन आग्रह गर्दै विद्युत उत्पादन गर्न, प्रसारण लाइन निर्माण गर्न तथा वितरण गर्न सस्तो र प्रभावकारी प्रविधि स्थापनामा सघाउन अनुरोध गरे।

    फरक प्रसंगमा मन्त्री पुनले जलवायु परिवर्तनका कारण हिमालयहरु पग्लने क्रम बढेकामा चिन्ता प्रकट गर्दै उर्जा क्षेत्रको सुरक्षाका लागि त्यसलाई रोक्न गर्नुपर्ने काममा गम्भीर हुन सबैको ध्यानाकर्षण गराए।

    करिब १ सय २० मुलुकका मन्त्रीहरु सहभागी सभामा नेपालका तर्फबाट मन्त्री पुनको नेतृत्वमा प्रतिनिधिसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भुमी त्रिपाठी तथा यूएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी र मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईं सहभागी छन्।

    युएईले नेपालमा ऊर्जा उत्पादनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) आर्थिक सहायता गर्ने भएको छ । सभाको मञ्चबाट यो सहयोग घोषणा भएको हो ।

     

    प्रतिकृया दिनुहोस्

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...