News Portal

  • भ्रष्टाचार आरोपमा प्रधानाध्यापक बिरुद्ध मुद्दा

    भक्तपुरपोष्ट संवाददाता२७ पुस
    ९८६ पटक
    २७ पुस

    काठमाडौं । भ्रष्टाचारको आरोपमा बारा, कलैया नगरपालिका ७ पन्नादेवी कन्या माविका प्रधानाध्यापक सुनरपति कुमारी यादव बिरुद्ध मुद्दा दायर गरिएको छ ।

    शिक्षकको कोटाको लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी रकम हिनामिना गरेकी उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    यादवले विद्यालयको आर्थिक कारोवार गर्दा झुठ्ठा बिल भरपाई बनाउने, दोहोरो बिल भरपाई बनाउने र श्रेस्ता कागजात लगायतका बहिखाताहरुसमेत नष्ट गरी विद्यालयको बाह्र लाख छब्बीस हजार चार सय उनान्सत्तरी पैसा हिनामिना गरेको अख्तियारको आरेप छ ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना भएको रकमसमेत निजबाट असुलउपर तथा श्रेस्ता कागजातहरु नष्ट गरेबापत ऐनको दफा १२ बमोजिमसमेत सजाय मागदाबी सहित मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...