News Portal

  • “पूर्वमाओवादीहरूको अपमान भइरहेको छ”

    भक्तपुरपोष्ट संवाददाता२८ पुस
    १७२० पटक
    २८ पुस

    नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने बेला मात्र आफूले राजीनामा गर्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बताउँदै गर्दा उक्त प्रकरणका कारण पार्टीभित्र पूर्वमाओवादीहरूको अपमान भइरहेको अध्यक्ष प्रचण्ड निकट एकजना नेताले बताएका छन्।

    आफूहरूको माग सुनुवाइ नभए पार्टीमा टुटफुट आउनसक्ने नेता हरिबोल गजुरेलले चेतावनी दिएका छन्। दशैँ अगावै एकजना महिला बलात्कार प्रयासको अभियोगमा सभामुख कृष्णबहादुर महरा पक्राउ परेयता नयाँ सभामुखको चयन हुन सकेको छैन।

    ‘भागबन्डामै चलिरहेको छ’

    महरा पूर्वमाओवादी नेता भएकाले उनको स्थानमा सोही समूहका नेता छानिनु पर्ने प्रचण्ड निकटका नेता हरिबोल गजुरेलले बताए। विवादका माझ हाल संसद्‌को बैठक आठ दिन पर सारिएको छ।

    उपसभामुखले राजीनामा दिन नमान्दा दुई अध्यक्षबीच तनाव बढेको छ भन्ने चर्चा छ। “त्यस्तो हो?” भन्ने  प्रश्नमा प्रचण्ड निकट नेता गजुरेलले भने: “तनाव त स्वत: हुने भयो। संसदका सबै कामहरू रोकिएका छन्। सत्तापक्षको कारणले संसद अवरुद्ध भयो भनेर प्रतिपक्षीले कुरा उठाइरहेका छन्।”

    उनले अहिले सभामुखको विषयमा बहस हुनैनपर्ने बताए। “एकताको निश्चित समयसम्म सहमति र सहकार्य गरेर जाने हो। भागबण्डा नै हुने हो,” उनले भने।

    ‘सभामुख पूर्वमाओवादीलाई’

    दुई पार्टी अध्यक्षबीच पनि यसअघि कहिले आलोपालो गर्ने त कहिले एकजनाले प्रधानमन्त्री चलाउने र अर्कोले कार्यकारी अध्यक्ष चलाउने भन्ने सहमति भएर भागबण्डामै चलिरहेको उनले बताए।

    सभामुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच कुराकानी भए पनि सहमति हुन नसकेको उनले बताए। दुई अध्यक्षबीचको भागबण्डाको सहमति जस्तै सभामुख पनि कुनै अडानबिनै पूर्वमाओवादीलाई नै दिनुपर्ने उनले बताए। उनले सभामुखकै विषयमा पनि पूर्व माओवादीलाई अपमान गर्न खोजिएको बताए।

    “सभामुख को हुने भनेर त अपमान गर्न खोजेको त हो नि,” उपसभामुखले नै राजीनामा दिन नखोजेको बेला यसले त परिस्थितिलाई थप जटिल बनाइदियो नि भन्ने प्रश्नमा प्रचण्ड निकट नेताले  भने, “यो उपसभामुखले उठाउनुभएको विषयमात्रै होइन। विभिन्न चलखेलहरू भइरहेका छन्। आफ्ना स्वार्थहरू कसरी पूरा हुने भन्नेबाट नै यी सबै कुराहरू भइरहेका छन्।”

    उपसभामुखले राजीनामा दिन्न भन्ने उनको निर्णय नभएको नेता गजुरेलले बताए। उनले भने: “उहाँले भन्नुपर्‍यो कि म उपसभामुख छँदैछु सभामुख चाहिँ प्रतिपक्षी वा अर्को कुनै दललाई दिउँ। होइन भने भोलि उहाँ नै हुने हो भने पनि राजीनामा नदिइ त हुँदैन।”

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...