News Portal

  • ‘देउवासँग न पार्टीको न राष्ट्रको लागि सपना छ’

    भक्तपुरपोष्ट संवाददाता२८ पुस
    १२९४ पटक
    २८ पुस

    नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले भने, “मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ। तर अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ।”

    तर देउवानिकट नेता बालकृष्ण खाँणले अहिले नेताहरूबीच आरोपप्रत्यारोप गर्ने बेला नभएको बताएका छन्।

    ‘देउवासँग सपना नै छैन’

    झापाको विर्तामोडमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफूलगायत देउवाको विरोधमा रहेका रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत एक ठाउँमा उभिए मात्र देउवालाई हराउन सकिने बताएका हुन्। उनले भने, “सिटौला पनि हामीसँग रहनुहुन्छ भन्ने विश्वास छ। तर उहाँ अनुभवी राजनीतिक व्यक्ति हुनुहुन्छ। हामी एक ठाउँमा आएनौँ भने उहाँलाई हराउन सकिँदैन।”

    पार्टी सभापति भइसकेपछि गुट त्यागेर सबैको सभापति हुनुपर्नेमा देउवाले एउटा गुटलाई मात्र समातेको महामन्त्री कोइरालाको भनाइ छ। उनले भने, “जुन गुटलाई समातेर सभापति हुनु भयो अहिले पनि त्यही गुट मात्र समाइरहनु भएको छ। सभापति भइसकेपछि त माथि उठ्नुपर्यो नि।”

    देउवासँग पार्टीलाई अगाडि लैजाने सपना पनि नभएको आरोप उनले लगाए। उनले भने, “देउवासँग न पार्टी उँभो लगाउने सपना छ न राष्ट्रका लागि।” “चार वर्षसम्म म उहाँविरुद्ध बोलिनँ। तर केही समयदेखि बोल्न थालेको हुँ।” आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने/नउठ्नेबारे निर्णय नगरेको उनले बताए।

    ‘आरोपप्रत्यारोपको समय होइन’

    देउवानिकट मानिएका कांग्रेस नेता बालकृष्ण खाँडले अहिले पार्टीका नेताबीच आरोपप्रत्यारोपको समय नभएको बताए। उनले भने, “अहिलेको सरकारले नागरिक अधिकार सङ्कुचन गर्ने खालको संविधानको प्रतिकूल विभिन्न विधेयकहरू अगाडि बढाइरहेको छ।”

    “पार्टीभित्रै एकआपसमा मतान्तर र पार्टीका नेताहरूलाई आरोपप्रत्यराोप गर्ने बेला अहिले होइन। यसले पार्टीलाई बलियो बनाउन सक्दैन।” उनले आरोपप्रत्यारोपमा संलग्न नहुन सबै नेताहरूलाई आग्रह पनि गरे।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...