News Portal

  • स्ववियु चुनावमा होमिने अनेरास्ववियूको निर्णय

    भक्तपुरपोष्ट संवाददाता२८ पुस
    १००५ पटक
    २८ पुस

    काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ। बैठकले एक महिनाभित्र प्रदेश ,जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

    आइतबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको बैठक सोमबार त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा बसेको थियो । पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)को एकतापछि बनेको अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो । अनेरास्ववियूको केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियुबाट १८० जना र पूर्वक्रान्तिकारीबाट १५५ जना छन् ।

    सोमबारको बैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन तथा सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। संयोजक महरद्वारा प्रस्तुत प्रतिवेदनमा आगामी फागुन १४ गतेको स्ववियु निर्वाचनमा संगठन सम्पूर्ण रुपले होमिने उल्लेख छ।

    याँ विधानअनुसार अब अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय, सचिवालय १११ सदस्यीय , स्थायी समिति ४५ सदस्यीय र ९ देखि १५ जना सम्मको केन्द्रीय कार्यालय (हाइकमाण्ड) रहने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

    त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन । वि.सं. २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिए पनि त्रिविले एक वर्ष समयावधि थप गरेको थियो । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...