News Portal

  • नेपालमा एमसीसीबारे बहस र बिबाद बढेपछि अमेरिकाले बचावमा दियो १० बुँदा (सम्झौता सहित)

    भक्तपुरपोष्ट संवाददाता३ माघ २०७६
    १४२८ पटक
    ३ माघ २०७६

    मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाको बचाव गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले यो एक गैर सैन्य परियोजना भएको जिकिर गरेको छ । नेपालमा एमसीसीबारे बहस र बिबाद बढ्दै जान थालेपछि अमेरिकी दूतावासले यो एक गैर सैन्य परियोजना भएको जिकिर गरेको हो ।

    शुक्रबार अमेरिकी दूतावासले एमसीसीसम्बन्धी १० बुँदा सार्वजनिक गरेको छ । १० बुँदा मार्फत गर्दै परियोजनाको बचाव गर्दै यो नेपालको हितमा रहेको गरिएको छ । यसमा सहभागी हुन नेपालले कहि कतै पनि हस्ताक्षर गर्नु नपर्ने पनि दुतावासको दावी छ ।

    ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’ दुतावासले स्पष्टिकरण दिएको छ । प्रत्येक सरकार, प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका गरेका गरेको यसको विकाश गरिएको दुतावासको दावी छ ।

    दूतावासले यो विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको बताएको छ। विद्युत लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको पनि दूतावासले स्पष्ट पारेको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ ।

    दूतावासले नेपालकै आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसीअन्तर्गतका योजना तय गरेको र नेपालका प्रत्येक सरकार र राजनीतिक दलले सत्तामा रहँदा आर्थिक विकासका लागि एमसीसी ‘कम्प्याक्ट’ सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पनि प्रस्ट पारेको छ ।

    ‘नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा रकम पारदर्शीरूपमा खर्च गर्न प्रतिबद्ध हुनुपर्ने हो’ भन्दै विज्ञप्तिमा नेपालले आफ्नै प्राथमिकताका आधारमा परियोजनामा रकम खर्च गर्न पाउने स्पस्ट पारिएको छ ।

    दूतावसले सामाजिक सञ्जालमा केही तस्वीरहरु सार्वजनिक गर्दै बुझ्नै पर्ने १० बुँदाहरु उल्लेख गरेको छ।

    दूतावासले फेसबुकमा लेखेको छ– ‘नेपालमा लागू हुन गैरहेको एमसिसी कम्प्याक्ट परियोजनाका बारेमा जान्नैपर्ने तथ्यहरू मध्ये १० यहाँ समावेस छन्। उदाहरणका लागि यो एक अनुदान कार्यक्रम हो जस्मा कुनैपनि अदृष्य प्रावधान या व्यवस्थाहरू छैनन्। यी सबै परियोजनाहरू नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार छनौट गरेको र नेपालीहरूले आफ्नै नेतृत्वमा नेपालको आर्थिक विकासका लागि कार्यान्वयन गर्ने परियोजनाहरू हुन्।’

    यस्ता छन् १० बुँदा

    तस्वीर- नेपालस्थित अमेरिकी दूतावास

    हेर्नुस् मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको पूर्णपाठ

    MCC

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...