News Portal

  • शिक्षण सिकाई अनुदान र स्वयम् सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको मन्त्रीको खुलासा

    भक्तपुरपोस्ट संवाददाता बर्दीबास, ३ माघ
    १९८६ पटक
    बर्दीबास, ३ माघ

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुदायिक विद्यालयमा शिक्षक अभावलाई मध्यनजर गर्दै सरकारले दरवन्दी थप गर्न खोजेको खुलासा गरेका छन् । शिक्षण सिकाई अनुदान र स्वयम् सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको उनले खुलासा गरेका हुन् ।

    शुक्रवार गृहनगर महोत्तरीको बर्दीवास पुगेर मन्त्री पोखरेलले विद्यालयहरु मर्ज गर्नुपर्ने समेत बताए ।

    बर्दीवास नगरपालिकाद्वारा आयोजित “बर्दीवास शिक्षा सम्मेलन” लाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तरीय बनाउन र द्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्जर अहिलेको आवश्यकता बनेको बताए । विद्यालयहरु धेरै खुलेका कारण व्यवस्थापनमा चुनौती भएको भन्दै उनले मर्जरको आवश्यकता औल्याएका हुन् ।

    अहिले सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएको बताउदै उनले प्राविधिक र व्यवसायिक शिक्षाले देश विकासमा कायापलट हुने विस्वास व्यक्त गरे ।

    बर्दीबासको जस्तो शिक्षा सम्मेलन सबै स्थानीय तहमा गर्नु जरुरी रहेकोमा जोड दिदै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलीकरणको लागि दशकीय अभियान शुरु गरेको जानकारी गराउदै अभियानमा सबैको साथ र सहयोगको लागि पनि अपिल गरेका थिए ।

    कार्यक्रममा बर्दीवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले बर्दीवासलाई यस क्षेत्रकै शैक्षिक गन्तब्य बनाउन नगरपालिकाले काम गरिरहेको र सार्वजनिक विद्यालयको सवलीकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको प्रष्ट पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...