News Portal

  • राजावादी र मालेका महासचिव मैनाली एउटै मन्चमा

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ३ पुस
    ७१५ पटक
    काठमाडौं, ३ पुस

    नेकपा (माले)का महासचिव सीपी मैनालीले नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन । शुक्रवार सम्बाद डबलीमा आयोजित अन्तरक्रियामा उनले उक्त बिचार व्यक्त गरेका हुन् ।

    महासचिव मैनालीले धर्मसभा राष्ट्रिय मञ्च र नेपाल पत्रकार तथा लेखक समाजकोे आयोजनामा ‘देशको वर्तमान परिस्थिति र भबिष्य’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देशभक्त शक्तिहरुलाई जबर्जस्त बिद्रोहमा धकेल्दा देश थप संकटमा जानेसमेत चिन्ता ब्यक्त गरे ।

    उनले नेकपालाई शान्तिपूर्ण राजनीतिकगतिविधिसमेत गर्न पाउने अधिकारबाट च्युत गरेर उसलाई बिद्रोहको बाटो अबलम्बन गर्न बाध्य गर्नु गलत भएको धारणा राखे । संविधान, कानूनलाई नाघेर गरिएको सरकारी प्रतिबन्ध अनुचितभएको आरोप लगाउँदै भने,“ प्रतिबन्धले विप्लवसँग सरकारले द्वन्द निम्त्यायो जुन देश र जनताले थेग्न सक्दैन र कसैले रुचाएको पनि छैन ।”

    महासचिब मैनालीले अहिलेसम्म विप्लवले विदेशीशक्तिसँग सहयोग नलिने प्रतिबद्धता जाहेर गरे पनि भविष्यमा त्यसलाई तोड्न सक्ने खतरा रहेको भन्दै उनले विप्लवले बिद्रोहको बाटो त्याग्ने र सरकारले अनुदार नीति त्याग्ने नै अहिलेको राष्ट्रिय एकता भएको बताए ।

    महासचिव मैनालीले २००७ साल पछि लगातार देश कमजोर बन्दै गएको परिवेशलाई स्मरण गराउँदै, ती प्रत्येक अस्थिरतामा विदेशी शक्तिहरुको हात रहँदै आएको र त्यसमा स्वदेशी देशभक्त शक्तिहरुले आफ्नो नीजी स्वर्थ अनुकुल सहमति दिएको आरोप लगाए । कहिले जातिय तथा पहिचनको द्वन्द, कहिले संविधान संसोधन र अहिले विप्लव, एमसीसी लगायतका द्वन्दले देशलाई खतरनाक अस्थिरतामा धकेल्ने र देशको सार्बभौमिकतालाई नै ध्वस्त पार्ने दिशामा जाने उनको जिकिर छ ।

    त्यसैगरी इतिहास एवं सीमाविद् डा.शास्त्रद्धत्त पन्तले शासन सत्ताको बागडोर सम्हालेका र उच्च ओहोदामो आसिन व्यक्तिहरु आफ्नो देशको विरासतपूर्ण इतिहासबारे गहिरो अध्ययन नगरी राजनीतिमा लगेकोले देश विगत भन्दा निकै जर्जर भएको बताए। डा.पन्तले नेतामाहुनुपर्ने गुणहरु भनेको इमान्दारित, विज्ञता, स्वाथ, रोजगारी उत्पादन गर्नसक्ने र देशप्रति बफादार हुनुपर्ने भएपनि नेपाली नेताहरु त्यसको उल्टो नैतिक हराम रहेको समेत आरोप लगाए ।

    तयसैगरी नेपालबौदिकमन्चकाअध्यक्ष डा.के बी रोकायले देशलाई अफगानिस्तान बनाउने रणनीतिमा स्ययम सरकार अघि बढेको बताउदै त्यस किसिमको खतरालाई रोक्न राजसंस्थाको पुन्स्थापना एक मात्र विकल्प रहेको बताए । डा.रोकायालेअहिले शाहवंशीय राजसंस्थाको स्थापनाको लागि नेपाली सेनाले काम गरिरहेको समेत ठोकुवा गर्दै भने,“पुष २७गते नेपाली सेनाले पृथ्वीनारायण शाहको जन्मजयन्तिको दिनमा गरेको तामझामले र प्रधान सेनापति पूर्णचन्द्र थापाले गरिरहेको संकेतले अब नेपाल जोगाउन राजसंस्था आउँदैछ, हामी सबैले साथदिनु पर्छ ।”

    त्यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष वोर्णबहादुर कार्कीले नेपाललाई विदेशी शक्तिहरुको सैन्य अखडा बनाई रण मैदानबन्ने दिशातिर बढ्ने खतरा भएको र त्यसमा स्वयम सरकार प्रमुख र प्रतिपक्ष पार्टीले सर्मथर्न गरेको भन्दै चिन्ता जाहेर गरे । कार्कीले इन्डो प्यासिफीक रणनीति र एमसिसी कुनै पनि हालतमा रोक्नुपर्ने बताउँदै भने,“देश बचाउनु पर्ने प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नै राष्ट्रघाति सम्झौताको पक्षमा उत्रेकाले राष्ट्रवादी शक्तिहरु तथा जनता सडकमा उत्रनु पर्छ ।”

    नेपालपत्रकार महासंघका केन्द्रीय सदस्यतथाक्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेब जैशीले सरकारले प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयास गरेकोले सरोकारवाला सबै एकजुट भएर मुकाबिलागर्नु पर्ने धारणा राखे ।

    त्यसैगरी वरिष्ठ पत्रकार प्रेम कैदीले वर्तमान सरकारमा राष्ट्र भक्ति भन्दा पनि दलाली मानसिकता देखिएको दावी गर्दै राष्ट्रप्रति जिम्मेवार बफादारहरु संघर्षमा उत्रनु पर्ने बेला आएको बताए । कार्यक्रममा राम शरण पान्डेले देशमा विषम परिस्थिति उत्पन्न हुनु अगावै सचेत बन्नुअर्ने बताए ।

    कार्यक्रममाआयोजक संस्था नेपालपत्रकार तथा लेखक समाजका अध्यक्ष गोरखबहादुर विसीले नेपाली समाजको रुपान्तरण जरुरी भएको र त्यसमा लेखक तथापत्रकार अलि बढी जिम्वेवार बन्नु पर्ने धारण राखे । कार्यक्रमको अध्यक्षता धर्मसभा राष्ट्रिय मञ्चका अध्यक्ष विष्णुराज पाण्डेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...