News Portal

  • ठूला लगानीका सञ्चारमाध्यमलाई प्रभावमा पारी एमसीसीको समर्थनमा लेखाइदैछ : गोसाई

    भक्तपुरपोस्ट संवाददाता सुर्खेत, ६ माघ २०७६
    ३५२० पटक
    सुर्खेत, ६ माघ २०७६

    नेपाल मजदुर किसान पार्टीको ४६ औं स्थापना दिवस र विचारप्रधान पत्रिका ‘श्रमिक साप्ताहिक’ २७ औं वर्ष प्रवेशको अवसर पारेर कर्णालीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार अन्तरक्रिया
    कार्यक्रम गरिएको हो ।

    कार्यक्रमलाई सम्वोधन गर्दै श्रमिक साप्ताहिकका प्रकाशक समेत रहेका नेमकिपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले शासक वर्गले ठूला लगानीका सञ्चारमाध्यमलाई दबाब र प्रभावमा पारी मिलेनियम च्यालेन्ज कर्पोरेसनको (एमसीसी)को समर्थनमा समाचार तयार पार्न लगाइरहेको बताए । उनले राष्ट्रिय मुद्दामा ठूला लगानीका मिडिया जनताको पक्षमा नभएको दावी गरेका थिए ।

    रास्ट्रिय तथा मुलधारका भनिने पत्रिकाले काठमाडौंको समाचारमात्र लेखेको उनले आरोप लगाए ”तथाकथित रास्ट्रिय तथा मुलधारका भनिने पत्रिकाले जिल्ला तथा गाउँको वास्तविक समस्या उजागर गर्न सकेका छैनन् ।” गोसाईले जिकिर गरे ।

    प्रधानमन्त्री केपि ओलीलाई इंकित गर्दै गोसाईले भने, ”दुई तिहाइको सरकार प्रमुखले आफ्नो असक्षमता ढाकछोप गर्न सम्पादकको मुटु नभएको भन्ने टिप्पणी गरेका छन् जबकी अधिकांश पत्रकार शासक वर्गकै समर्थक छन् ।”

    नेमकिपाका कर्णाली संयोजक गोसाईले कर्णाली प्रदेश भौगोलिक रुपमा विकट भए पनि प्राकृतिक रुपमा समृद्ध रहेको तर शासक वर्गको नालायकीले गर्दा जनताले दुःख खप्न परेको दावी गरे । उक्त अवसरमा उनले लिम्पियाधुरामा अविलम्व नेपाली झण्डा गाड्नुपर्ने र मिचिएको भूमिसहित तत्काल नेपालको नक्सा सार्वजनिक गरी भूमि रक्षाको निम्ति अन्तर्राष्टिय अदालतमा मुद्दा हाल्नुपर्ने बिचार व्यक्त गरेका थिए ।

    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले श्रमिक साप्ताहिकले श्रमिक वर्गीय आन्दोलनको पक्षमा लेख्दै आएको भन्दै आदर्श र सुसंस्कृत समाज स्थापना गर्न श्रमिकको भूमिका अग्रणी रहने विश्वास व्यक्त गरे ।

    केन्द्रीय सदस्य कोइरालाले नेमकिपाले पञ्चायती व्यवस्थाको विरुद्धको संघर्षमामात्र नभई प्रजातन्त्र र जनअधिकारको निम्ति सञ्चालित हरेक आन्दोलनमा सक्रिय सहभागी भएको भनेका थिए । उनले नेमकिपाले जनमत संग्रहको उपयोगदेखि प्रतिक्रियावादी संघसंस्था भित्र गई जनताको सेवा गर्ने क्रान्तिकारी संसदवादी सिद्धान्तअनुसार निर्वाचनमा भाग लिएको बताए ।

    अन्तरक्रियामा मन्तब्य राख्दै नेमकिपाका अर्का केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कामदार वर्ग मुक्त नभएसम्म श्रमिक साप्ताहिकले श्रीमिकको पक्षामा अझ आवाज बुलन्द गर्दै जानुपर्ने बताए । देशघाती सन्धिसम्झौतामा नेपाली कांग्रेसर नेकपा एकै स्थानमा रहेको उनको टिप्पाणी थियो । ”काँग्रेस र नेकापा एमसीसी सम्झौतामा एकै स्वरमा बोल्छन् । उद्योग निजीकरणमा एकै मत राख्छन् । उनीहरुबीच तात्विक भिन्नता छैन ।” शाहीले भने ।

    उक्त अवसरमा नेमकिपा जुम्ला जिल्ला अध्यक्ष शिवलाल डाँगीले कर्णालीमा नेमकिपाले नै सबभन्दा पहिले क्रान्तिकारी झण्डा गाडेको भन्दै राजनीतिक परिवर्तनमा नेमकिपा अग्रपंक्तिमा रहेको बिचार व्यक्त गरेका थिए भने मध्यपश्चिम विश्वविद्यालय, मानविकी शास्त्रका पूर्व डीन पीताम्वर ढकालले संघीयता र विकेन्द्रिकरणको वकालत गर्नेले कर्णाली प्रदेशका बैठक काठमाडौंमा गर्नु उपयुक्त नभएको भन्दै नागरिकमा चेतनाका अभाव हुँदा शासक पार्टीहरुले मनलागी गर्न पाएको बताए ।

    नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराको सभापत्विमा सम्पन्नकार्यक्रममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक, जिल्ला कोषाध्यक्ष गोविन्दनाथ योगी, वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, उपाध्यक्ष गणेश खड्का, नेपाल प्राध्यापक समाज, नेपाल क्रान्तिकारी महिला संघ सुर्खेत जिल्ला अध्यक्ष तुल्सी खड्का, सुर्खेतका सदस्य टीकाप्रसाद पोखरेल, नेपाल क्रान्तिकारी किसान संघका प्रेम थापामगर, नेपाल क्रान्तिकारी युवा संघका लालबहादुर थापा, नेमकिपा जिल्ला सदस्य अकलबहादुर राणालगायतले आ आफ्नो धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...