News Portal

  • धादिङमा ट्रक दुर्घटना : ७ को मृत्यु, ४ जना गम्भीर घाइते

    भक्तपुरपोष्ट संवाददाता७ माघ २०७६
    ९४१ पटक
    ७ माघ २०७६

    काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । मृतकको सनाखत भएको छैन ।

    दुर्घटनामा घाइते १४ जना मध्ये ४ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् ।

    धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...