News Portal

  • झापामा पिएचडी अध्ययन गर्ने विद्यार्थीले पाए रु ५० हजारको छात्रवृत्ति

    भक्तपुर, ८ माघ
    ८२३ पटक
    भक्तपुर, ८ माघ

    झापामा विद्यावारिधि (पिएचडी) अध्ययन गर्ने दुई विद्यार्थीले रु ५० हजारका दरले छात्रवृत्ति पाएका छन् । झापाको मेचीनगर नगरपालिकाले नगरक्षेत्रका दुई विद्यार्थीलाई सो छात्रवृत्ति दिएको हो ।

    छात्रवृत्ति पाउनेमा मेचीनगर–११ का विष्णु रिमालले राजनीतिशास्त्रमा र मेचीनगर–९ का सम्पर्कबाबु सिलवालले जलविज्ञानसम्बन्धी विषयमा विद्यावारिधि गर्दैछन् ।

    नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले मेचीनगर नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षामा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई यसअघिदेखि नै छात्रवृत्ति प्रदान गर्दै आए तापनि विद्यावारिधि तहमा पहिलोपटक प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको जानकारी दिए ।

    नगरपालिकाले झापा विद्रोहका शहीद वीरेन राजवंशीको स्मृतिमा प्रत्येक वर्ष कूल रु १० लाखको विपन्न तथा दलित छात्रवृत्ति वितरण गर्दै आएको छ । सो छात्रवृत्ति गत आर्थिक वर्षमा प्राविधिक विषयमा अध्ययनरत ४७८ जनालाई वितरण गरिएको नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए ।

    उनका अनुसार कक्षा ११ र १२ मा पशु तथा कृषि विज्ञान पढ्ने विद्यार्थीलाई गैरदलित भए रु दुई हजार ५०० र दलित भए रु तीन हजारका दरले वार्षिक छात्रवृत्ति वितरण गरिएको छ । नगरपालिकाले प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई रु पाँच हजारका दरले रकम प्रदान गरेको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...