News Portal

  • धादिङमा युवाहरुको समूहबीच झडप, १ जनाको मृत्यु, एक गम्भीर

    भक्तपुरपोष्ट संवाददाता८ माघ २०७६
    ८०८ पटक
    ८ माघ २०७६

    धादिङ । धादिङ युवाहरुको २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको खनियावास गाउँपालिका–४ दार्खामा युवाहरुबीचको समूहबीच झडप हुँदा २५ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको हो । घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् ।मंगलबार राती साढे ७ बजेतिर घटना भएको स्थानीयले जानकारी दिएका छन्। अबेरसम्मसँग रहेका युवाको समूहबीच झडप भएको थियो ।

    दार्खामा स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजना गरेको थियो भने बुधबाको लागि फाइनल खेल तय भएको थियो । उक्त फुट‍बल खेलका खेलाडी र रेफ्रिबीच झडप भएको दार्खाबाट स्थानीयले टेलिफोनमा जानकारी दिएका छन्।

    जिल्ला प्रहरी कार्यालय धादिङमा प्रमुख रविन्द्र रेग्मीका अनुसार दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाए पनि घटनाको विस्तृत अध्ययन भइरहेको छ । घटना भएको थाहा पाउने वित्तिकै प्रहरी प्रमुख रेग्मीसहितको टोली राती नै घटनास्थलतर्फ गएको थियो ।

    झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तु प्रहार गर्दा स्थानीय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको हो । झडपमा परी गम्भीर घाइते भएका रविन तामाङलाइ जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि बुधबार दिउँसो १ बजे काठमाडौं पठाइएको हो ।

    उनको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका तामाङ यसअघि नै कर्तव्य ज्यान मुद्धामा जेल सजाय काटेर निस्किएका व्यक्ति हुन् ।झडपमा संलग्न भएको आशंकामा प्रहरीले नेत्रावती डापजोङ गाउँपालिका १ का राम तामाङ र रोशन तामाङलाई नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...