News Portal

  • तुलसीपुर उपमहानगरपालिकाद्वारा मेट्रो कलेज सञ्चालन

    भक्तपुरपोष्ट संवाददाता८ माघ २०७६
    ९२८ पटक
    ८ माघ २०७६

    दाङ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज स्थापना गरेको छ। बुधबार एक समारोहबीच प्रदेश नं ५ मा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन्। स्नातक तहको वन विज्ञान अध्ययन गराउने गरी उपमहानगरले पोलिटेक्निक इन्स्टिच्युट (तुलसीपुर मेट्रो कलेज) सञ्चालनमा ल्याएको हो।

    यसै शैक्षिक सत्रदेखि पढाई सुरु गरेको उक्त कलेजको स्वामित्व उपमहानगरकै हो। तुलसीपुर–१२ हरिपौरामा स्थापना भएको कलेजमा अहिले वन विज्ञानका ३० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। बहुप्राविधिक शिक्षालयको उद्देश्य लिएर मेट्रो कलेज स्थापना गरिएको र आगामी वर्षदेखि थप संकायहरु स्थापना गरिने उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताए। उनले नगरको शिक्षाको गौरवका रुपमा कलेज रहेको बताए।

    कलेजको उद्घाटन गर्दे मुख्यमन्त्री शंकर पोख्रेलले नगरले मेट्रो कलेजलाई सुन्दर उपहारका रुपमा पाएको बताए। उनले नमुनाका रुपमा सञ्चालन हुने कुरामा आफु ढुक्‍क भएको विशवास व्यक्त गरे।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...