News Portal

  • बालबालिकाका सिकाइसँग सम्बन्धीत शिक्षकले जान्नै पर्ने यि १० खास कुराहरु

    भक्तपुर, ९ माघ
    १५५९ पटक
    भक्तपुर, ९ माघ

    बालबालिका विद्यालयमा आउँदा जुन अनुभवका साथ आउँछन्, जे कुरा जानेर आएका हुन्छन् त्यसलाई नै सिकाइ प्रक्रियाको आधार बनाउनु महत्वपूर्ण हुन्छ । यसका लागि पहिले यो कुरा जान्न आवश्यक हुन्छन् कि प्राथमिक तहमा बालबालिका कसरी सिक्ने गर्छन ? यहाँ हामी केही महत्वपूर्ण कुराहरु राख्न गइरहेका छौं ।

    १. सबै बालबालिका सिक्न सक्छन् । तर हरेक बालबालिकाका सिक्ने तरिका र गति भिन्न भिन्न हुने गर्छ । यस कुरालाई ध्यानमा राख्न एकदमै आवश्यक छ ।

    २. बालबालिकाहरु एक आपसमा कुराकानी गरेर साथै, कुनै काम गर्दा–गर्दै धेरै राम्रो ढंगले सिक्ने गर्छन । यस दृष्टिले हेर्दा उनीहरुलाई कुनै खेलमा सहभागी गराउँदै सिकाउँदा उनीहरुको सिक्ने प्रक्रियालाई सहज र सरल बनाउन सकिन्छ ।

    ३.सिकाइ एउटा निरन्तर चल्ने प्रक्रिया हो । सिक्ने प्रक्रिया विद्यालयको चारपर्खालमा सीमित हुँदैन । बालबालिका घरमा र आफ्ना वरीपरीको वातावरणबाट पनि सिकिरहेका हुन्छ ।

    ४. बालबालिकाहरु आफ्नो ज्ञानको निर्माण स्वयं आफलै गर्ने गर्छन । यानकी उनीहरु आफ्नो अवलोकन, अनुभव, खेल, खोजवीन, कुनै गतिविधि या काममा तल्लीनताका दलौरान पनि सिकिरहेका हुन्छन् ।

    ५. बालबालिकाका सिकाइ प्रक्रिया सिधा रेखामा चल्दैन । यानकी यसमा उनीहरुले त्यस्ता अवधारणाहरु प्नि दोस्रो पटक सिकिरहेका हुन्छन् जुन उनीहरुले पहिल्यै जानीसकेका हुन्छन् ।

    ६. सिक्ने तथा गर्ने दुवै गहिरो रुपमा अन्तर्सम्बन्धीत रहेका हुन्छन् । जस्तो कि हामी बालबालिकालाई जति आफै गर्ने मौका दिन्छौं, उनीहरुको सिक्ने प्रक्रियापनि उती नै अब्बल बन्दै जान्छ ।

    ७. सिकाइ ‘समग्रता’ मात्रै सम्भव हुन्छ । जस्तो कि अलग–अलग विषय तथा अवधारणाहरु एकआपसमा जोडिएको हुन्छन् ।

    ८. प्रामिक तहमा बालबालिका एकआपसमा अन्तक्र्रिया(खेल्दै, कुद्दै, हास्दै, गाउँदै) गर्दै एकदमै राम्रोसँग सिक्छन् ।

    ९. सिकाइको दौरान बालबालिकाहरु गल्तिहरु पनि गर्ने गर्छन् । गल्तिहरु सिकाइ प्रक्रियाका स्वाभाविक हिस्सा नै हुन् । त्यसैले यसलाई लिएर बालबालिकाहरुसँग सहजताका साथ प्रस्तुत हुनु आवश्यक छ ।

    १०. बालबालिका आफूभन्दा ठूलासँग पनि सिक्छन् । ठूलासँग सिकाइको प्रक्रियालाई सुगम बनाउने आधार हो दुबैका बीचको सम्बन्ध । बालबालिका तीनै शिक्षकहरुका विषयसँग विशेष दिलचस्पी राख्ने गर्छन साथै छिटो सिक्छन् जसको बच्चासँग सम्बन्ध राम्रो हुन्छ । जसले बालबालिकालाई ध्यान दिएर सुन्छन् । उनीहरुका सवाल बुझ्छन् । उनीहरुको जिज्ञासाका समाधान गर्छन् साथै उनीहरुलाई प्रश्न गर्न प्रोत्साहित गर्छन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...