News Portal

  • राष्ट्रियसभाको निर्वाचन: सातै प्रदेशमा मतदान जारी

    भक्तपुरपोष्ट संवाददाता९ माघ २०७६
    ६०९ पटक
    ९ माघ २०७६

    काठमाडौं । राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ । यही फागुन २१ बाट रिक्त हुन लागेका सिटमा निर्वाचन भइरहेको हो ।

    मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा अहिले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।निर्वाचन आयोगले प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहलाई मतदानस्थल तोकेको छ । त्यहाँ निर्धारित १० बजेदेखि सुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा भइरहेको छ ।

    प्रदेश २ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवनलाई मतदानस्थल तोकिएको छ । यहाँ पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवनलाई वागमती प्रदेशको मतदानस्थल बनाइएको छ । यहाँ पनि बिहान १० बजेदेखि नै मतदान भइरहेको छ ।

    गण्डकी प्रदेशको मतदानस्थल तोकिएको पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिमका लागि दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा पनि राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ ।

    बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्मच चल्ने निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...