News Portal

  • ज्यालादारी प्राध्यापक आन्दोलनमा

    भक्तपुरपोष्ट संवाददाता१३ माघ २०७६
    ८३८ पटक
    १३ माघ २०७६

    पोखरा । पृथ्वीनारायण क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ जना आंशिक प्राध्यापक आन्दोलनमा उत्रेका छन्।

    आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले १४ वर्षदेखि सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको बताए। क्याम्पसमा कार्यरत ५४९ प्राध्यापकमध्ये २१८ जना आंशिक रहेको पनि उनले जानकारी दिए।

    संघका सचिव खिमानन्द पौडेलले क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा सञ्चालन भइरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षाबन्द भएको सूचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक नदिने गरेको बताए। पाठ्यक्रमले प्रष्टरुपमा १५० पिरियड अध्यापन हुने निर्धारण गरेको भए पनि मुस्किलले एक शैक्षिकसत्रमा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापक पूरा शैक्षिकसत्र प्राध्यापन गर्न बाध्य भएको उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...