News Portal

  • नेकपा केन्द्रीय समिति बैठक सञ्चालनलागि यस्तो छ नौ बुँदे कार्यविधि

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    ७४७ पटक
    १५ माघ २०७६

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । बैठक सञ्चालनका लागि नेकपाले नौ बुँदे कार्यविधि तय गरेको छ । कार्यविधि बैठक सञ्चालन अवधिभर लागु हुनेछ ।

    केन्द्रीय समिति बैठक व्यवस्थित बनाउन मंगलबार बसेको नेकपाको सचिवालय बैठकले बैठकका एजेण्डासँगै कार्यविधि तय गरेको हो ।कार्यविधिको १ नम्बर बुँदामा बैठकसमक्ष कार्यसूची र कार्यविधि प्रस्तुत गरिनेछ । उक्त कार्यसूची र कार्यविधि पारित भएपछि सोहीअनुसार बैठक सञ्चालन गरिने उल्लेख छ ।

    त्यस्तै, अध्यक्ष तथा महासचिवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठानिक र विधान संशोधन प्रस्ताव उपर समुहगत रुपमा मात्रै छलफल गरिने नेकपाको कार्यविधिमा उल्लेख छ । छलफलका लागि वर्णानुक्रमअनुसार १५ वटा समुह बनाइने छ । ती प्रस्तावहरुमाथि माघ १६ गतेमात्र समुहगत रुपमा छलफल चलाइनेछ ।

    त्यसैगरी माघ १७ र १८ गते समुह नेताहरुले आ–आफ्नो समुहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ । त्यसो गर्दा केन्द्रीय निकायका अध्यक्षहरुले १० मिनेटमा आफ्नो विचार राखिसक्नुपर्नेछ ।

    समुहगत रुपमा छलफलमा उठेका विषयहरुलाई माघ १९ गते निश्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा छ ।

    त्यस्तै स्थायी कमिटी, सचिवालय र समसामयीक प्रस्तावहरुमा सोही दिन छलफल गरेर पारित गर्ने गरी कार्यविधि बनेको छ । त्यस्तै बैठकको समग्र कार्यवाहीको अडियो र भिडियो रेकर्ड गरिने छ । बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...