News Portal

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता१७ माघ २०७६
    ७८७ पटक
    १७ माघ २०७६

    रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित रामापुरमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु ४२ प ७४७२ नम्बरको स्कुटीमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा सैनामैना–७ स्थित बयरकट्टीका मोटरसाइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

    मृत्यु भएका दुवै लु ४२ प ७०४६ नं को मोटरसाइकलमा सवार थिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार १६ वर्षीय सन्तराम चौधरी गम्भीर घाइते भएकाले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    स्कुटीमा सवार तुलबहादुर गुरुङ, सूर्यबहादुर पुन, पैदलयात्री सावित्रा न्यौपाने र सैनामैना– ८ का चन्द्रबहादुर क्षेत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...