News Portal

  • सीडीओविरुद्ध एकैपटक पाँचवटा भ्रष्टाचार मुद्दा

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    ८३८ पटक
    २० माघ २०७६

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ ।

    सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका उपसचिव रिजालविरुद्ध अख्तियारले ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गरी ५ वटा अभियोग पत्र दायर गरेको हो ।

    अख्तियारले गरेको छानबिनबाट रिजालले प्रमुख जिल्ला अधिकारीको क्षेत्रधिकार भित्र रहेका मुद्दाको छिनोफानो गर्ने क्रममा अभियुक्तहरुसँग घुस लिने गरेको देखिएको छ ।

    अख्तियारका अनुसार रिजालले एउटा मुद्दाका अभियुक्तसँग १ लाख ५० हजार रुपैयाँ नदिए ५ वर्षसम्म जेलमा थुनिदिन्छु भन्दै घुस उठाएको पनि देखिएको छ । रिजालले मागेको डेढ लाख रुपैयाँमध्ये उक्त प्रकरणका अभियुक्तले ५० लाख रुपैयाँ घुस बुझाइसकेका थिए ।

    यस्तै, रिजालले एकजना अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लगाएर थुनिदिन्छु भन्दै ४ लाख रुपैयाँ घुस लिएको पृष्टि भएको पनि अख्तियारले जनाएको छ ।

    अख्तियारले गरेको छानबिनका क्रममा रिजालले विभिन्न अभियुक्तसँग ४ लाख, ५० हजार, ९० हजार, ७७ हजार ६ सय र ३५ हजार रुपैयाँ गरी ६ लाख २१ हजार १ सय रुपैयाँ घुस लिएको देखिएको छ ।

    अख्तियारले फरक प्रकरणको मुद्दामा लिइएको घुसको फरक–फरक तथ्यबाट अनुसन्धान गरी सोही अनुसार प्रतिवेदन बनाएर ५ वटा छुट्टछुट्टै अभियोग पत्र विशेष अदालतमा दायर गरेको छ ।

    अख्तियारले ५ वटै अभियोग पत्रमा गरी कूल ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गर्दै ४ वर्ष २ महिना कैद सजाय मागदाबी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...