News Portal

  • विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    ७५२ पटक
    २१ माघ २०७६

     

    पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो। छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको विवरणहरू आएका छन्।

    शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चाजमाध्यमलाई १४ जनाको मृत्यु भएको पुष्टि गरे। “बच्चा गुमाउनु एकदमै पीडादायी हुन्छ। आफ्ना बच्चा गुमाउने अभिभावकलाई मेरो समवेदना,” उनले सिटिजन टीभीलाई भने। घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको थियो। तीमध्ये केहीको स्थिति गम्भीर भएको बताएको छ भने केहीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ। के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन।

    तर स्थानीय प्रहरीका प्रमुखले घटनाबारे छानबिन सुरु गरिएको बताएका छन्। केही विवरणमा विद्यार्थीहरू छुट्टीपछि भर्‍याङबाट ओर्लिन खोज्दा भिड भएको थियो। उक्त भर्‍याङ भत्किएको बताइएको छ।

    द डेली नेशन समाचारपत्रका अनुसार भाग्न खोज्दा केही विद्यार्थीहरू विद्यालयको तेस्रो तलाबाट भुइँमा खसेका थिए। सामाजिक सञ्जालमा प्रेषित भिडिओमा घाइते बालबालिकाका आफन्तहरू एउटा अस्पतालबाहिर चिन्तित मुद्रामा भेला भएको देखिन्छ।

    आपत्कालीन सेवालाई आफूले सहयोग उपलब्ध गराएको केन्या रेडक्रसले ट्विटरमा उल्लेख गरेको छ।  केन्याको शिक्षा मन्त्रालयले शोकाकुल परिवार र आफन्तलाई समवेदना प्रकट गरेको छ। संवाददाताहरूका अनुसार उक्त घटनाले केन्याका विद्यालयमा बालबालिकाको सुरक्षाबारे प्रश्न उठाएको छ। केन्याका भूतपूर्व प्रधानमन्त्री राइला ओडिङ्गाले घटनाको कारण पत्ता लगाउन शीघ्र अनुसन्धान गर्न माग गरेका छन्।

     

    गत वर्ष सेप्टेम्बरमा नाइरोनजिकै एउटा प्राथमिक विद्यालयमा एउटा कक्षाकोठा भत्किँदा आठ जनाको मृत्यु भएको थियो। त्यसको केही दिनपछि सरकारले सुरक्षाको कारण देखाउँदै उक्त विद्यालय बन्द गरिदियो। रकारले कमजोर संरचना भएका विद्यालयहरूलाई कारबाही गर्ने उद्घोष गरेको थियो। विविसीबाट

     

    प्रतिकृया दिनुहोस्

    उपनिर्वाचनको अग्निपरीक्षा : कीर्तिपुरमा माओवादी केन्द्र बलियो

    मङ्सिर १६ मा मतदान हुने उपनिर्वाचनले दलहरु अग्निपरीक्षामा छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री रहेका...

    उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रहजस्तै भएको प्रचण्डको भनाइ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव...

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...