News Portal

  • महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    ७२५ पटक
    २१ माघ २०७६

    महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए ।

    उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ। नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ । आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...