News Portal

  • आफ्नै छोरीमाथि ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बावु पक्राउ

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    १०५६ पटक
    २१ माघ २०७६

    अमरगढी । डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् ।

    उनले आफ्नी १६ वर्षीया छोरीलाई डराइ, धम्काइ विगत ६ वर्षदेखि जबरजस्ती करणी गर्दै आएका थिए ।आफन्तको सहयोगमा पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले उनका बुवालाई पक्राउ गरेको हो ।

    प्रहरीले पक्राउ परेका पुरुषलाई मंगलबार जिल्ला अदालत डडेल्धुरामा उपस्थित गराइ अनुसन्धानका लागि ७ दिनको अनुमति पाएको छ ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणीअन्तर्गत अनुसन्धान शुरु गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...