News Portal

  • आफ्नै अस्पतालमा प्रदेश सरकारले यसरी चलायो डोजर (फोटोसहित)

    भक्तपुरपोष्ट संवाददाताबुटवल, २३ माघ
    ६३८ पटक
    बुटवल, २३ माघ

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो ।

    Image may contain: one or more people and outdoor

    अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् । जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल बिकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

    Image may contain: one or more people, crowd and outdoor

    अल्टिमेटम उपर पनि ब्यबसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । डोजर चलाउदा ब्यापक प्रहरी परिचालन गरिएको थियो ।

    Image may contain: mountain and outdoor

    Image may contain: one or more people and outdoor

    Image may contain: one or more people and outdoor

    Image may contain: one or more people and outdoor

    तस्वीर साैजन्य : दूर्गा रुचाल

    प्रतिकृया दिनुहोस्

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...