News Portal

  • कोटेश्वरको जाम हटाउन विद्यार्थीले निकाले यस्तो जुक्ति !

    भक्तपुरपोष्ट संवाददाता२४ माघ २०७६
    ६०३७ पटक
    २४ माघ २०७६

    काठमाडौं । शुक्रवार अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः  तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा  बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा भेट नै नभएपछि  जाम नभएको हो ।

    यो दृश्य वास्तविक नभएर काठमाडौं डिल्लीबजार स्थित  पद्मकन्या विद्याश्रम माविको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले तयार पारेको कोटेश्वर जक्शनको हो । स्थानीय स्रोत र सामग्रीको प्रयोग गरेर कक्षा ९ मा सिभिल इञ्जिनियर पढ्ने विद्यार्थीहरुले यस्तो नमूना जक्सन तयार पारेका हुन् । नमुना कोटेश्वर जक्सन निर्माण सहभागी कक्षा ९ की छात्रा समिक्षा ओझाले आफुहरुले बनाएको जस्तै जक्शन बनाउने हो भने कोटेश्वरको जाम सजिलै अन्त्य गर्न सकिने बताइन् ।

    यस्तै कक्षा ११ मा सिभिल इञ्जिनियरिङ अध्ययनरत मनिसा घिमिरेको टोलीले काठमाडौंको जाम हटाउन सडकको नयाँ मोडेल तयार पारेको देखियो । ठूला संरचना निर्माण भइसकेकाले काठमाडौंको सडकलाई अब बढाउन सम्भव नभएकाले अब सडक माथि अर्को रुफ कन्ट्रक्सन गरेर फ्लाइ ओभर ब्रिज बनाउनुपर्ने मोडेलमा देखाइएको थियो । अब काठमाडौंको जाम अन्त्य गर्ने यही मात्रै उपाय हो भनेर आफुहरुले त्यसको मोडल बनाएको घिमिरेले बताइन् ।

    कक्षा १० मा अध्ययनरत श्रद्धा दासको टोलीले पनि सडक व्यवस्थापनका लागि भनेर फरक शैलीको  फ्लाइ ओभर ब्रिजको मोडेल तयार पारेको थियो । ‘धेरै जाम हुँदा विद्यार्थीलाई समयमा स्कूल र कलेज पुग्न गाह्रो छ, कर्मचारीलाई कार्यालय पुग्न समस्या छ त्यसैले जाम हटाउनका लागि हामीले यो मोडेल तयार पारेका हौं’– दासले भनिन् । यसै टोलीकी मनिसा हुमागाईंले यो मोडेल लागु गर्ने हो भने एम्बुलेन्स र दमकल जाममा फस्न नपर्ने दाबी गरिन् ।

    शैक्षिक प्रदर्शनीमा  सिभिल इञ्जिनियरिङ, विज्ञान, गणित र स्वास्थ्य सँग सम्बन्धीत विभिन्न  ७० स्टल प्रदर्शन गरिएको थियो । कक्षा ६ देखि १२ कक्षा सम्मका ४ सय विद्यार्थीहरुले स्थानीय स्रोत सामग्रीकै प्रयोग गरेर सामुहिक रुपमा निर्माण गरिएका सामग्री प्रदर्शन गरिएको थियो ।

    विद्यार्थीहरुले गणित सिकाइका विभिन्न विधिहरु, स्वास्थ्य रहने विधिहरु र विज्ञानका सामग्रीहरुको बेजोड प्रस्तुति प्रदर्शनी गरेका थिए ।

    विद्यार्थीहरुले शिक्षाको साथसाथै शैक्षिक सामग्री निर्माण र प्रदर्शन गरेर आफुलाई सक्षम बनाउन सकुन भन्ने उद्देश्यले विद्यालयले वर्षेपिच्छे यस्तो शैक्षिक प्रदर्शनीको आयोजन गर्ने गरेको विद्यालयकी प्रधानाध्यापक रिता तिवारी हुमागाईंले जानकारी दिइन् ।

    प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीको क्षमता र प्रतिभा प्रदर्शन गर्नु रहेको भन्दै प्रअ तिवारीले प्रदर्शनीले  सामुदायिकका विद्यार्थी पनि निजी विद्यालय भन्दा कम छैनन् भन्ने प्रमाणित गरेको बताइन् । विद्यार्थीले पढेरसँगै गरेर पनि सिक्ने भएकाले विद्यालयले क्रियाकलापमा आधारित शिक्षण सिकाइलाई महत्व दिँदै आएको भन्दै प्रअ तिवारीले  विद्यार्थीले गर्दै सिकेका सामग्री प्रदर्शन गरिएको जानकारी दिइन् ।

    उनका अनुसार शुक्रवार ७० विद्यालयका झण्डै ४ हजार शिक्षक विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...