News Portal

  • चीनबाट ल्याइने विद्यार्थीको निगरानी गर्न ६० स्वास्थ्यकर्मी परिचालन गरिने

    भक्तपुरपोष्ट संवाददाता२७ माघ २०७६
    ७०९ पटक
    २७ माघ २०७६

    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाल ल्याइने विद्यार्थीको निगरानीका लागि ६० स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ । ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता सागर दाहालले जानकारी दिएका छन् ।

    क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले आज (सोमबार) अभिमुखीकरण तालिम समेत दिंदैछ ।

    तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्था आएको खण्डमा के गर्ने भनेर सिकाउने उनले जानकारी दिएका छन् । तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ ।

    निगरानीमा खटिने ६० जना स्वासथ्यकर्मी फरक–फरक अस्पतालमा कार्यरत रहेको शुक्रराज ट्रपिकल तथा सरवा रोग केन्द्रका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिएका छन् ।
    मन्त्रालयले छुट्याएको ६० जनामा मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी छन् ।

    चीनमा विद्यार्थी लिन कहिले जाने भन्ने टुंगो भने आजको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने मन्त्रालयका प्रवक्ता दाहालले बताए । चीनको वुहानमा रहेका १८० जना विद्यार्थीलाई सरकारले नेपाल ल्याउने तयारी गरेको छ । गत बिहीबारको मन्त्रिपरिषदको बैठकले भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...