News Portal

  • पशुपति आउने भक्तजनलाई ‘नमस्कार’ अभियान

    भक्तपुरपोष्ट संवाददाता२८ माघ २०७६
    ११९२ पटक
    २८ माघ २०७६

    काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ ।पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण फैलिएका बेला बच्नसमेत सहयोग पुग्ने भएकाले पनि यो अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

    “अभियान शुरु गरिसकेपछि हामी किराँतेश्वर सङ्गीत आश्रमको औपचारिक कार्यक्रममा गएका थियौँ, त्यहाँ हामीले कसैसँग हात मिलाएनौँ, सबैलाई नमस्कार ग¥यौँ, यसलाई सबैले सहर्ष स्वीकार गर्नुभयो, त्यस कार्यक्रममा सहभागीले पनि हात नमिलाई नमस्कार अभिवादनमै लाग्ने प्रतिबद्धता जनाउनुभयो”, सदस्य सचिव ढकालले भने ।

    यसवर्षको महाशिवरात्रिदेखि कोषले नमस्कार गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...