News Portal

  • सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भेटिए मिल्दा लक्षणका बिरामी

    भक्तपुरपोष्ट संवाददाता२९ माघ २०७६
    ९४८ पटक
    २९ माघ २०७६

    सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका ८४ जना भन्दा बढी बिरामी गाउँमा भेटिएका छन् ।

    पत्रमा लेखिएको छ– सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ३ साविक गुम्बा गाविसक वडा नं. ८ गुम्बा वस्तीमा २०७६/१०/२७ गतेदेखि हालसम्म विश्वमा फैरिहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, कोखी र अत्याधिक ज्वरो जस्ता लक्षणका बिरामीहरु देखा परेको हुँदा सो को परीक्षणका लागि विशेष टोली खटाइ दिन अनुरोध गर्दछौं ।’चीनमा कोरोनाको संक्रमण फैलिरहेका बेला चीनसँग जोडिएको सिन्धुपाल्चोकमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामी फेला परेपछि स्थानीय त्रसित बनेका हुन् ।

    स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले स्थानीयले कोरोनाको आशंका गरे पनि उनीहरुलाई रुघाखोकी मात्र लागेको बताए । उनले जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधिहरु र माक्स खरिद गरी पठाइसकेको जानकारी दिए ।कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको उनले प्रष्ट्याए । संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न अनुरोध गरिएको बताइएको छ ।

    गत विहीबारबाट यस्तो लक्षण देखिन थालेपछि बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । बिरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन बागमती प्रदेश  सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...