News Portal

  • यही फागुन २, ३ र ४ गते भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुँदै

    भक्तपुरपोष्ट संवाददाता१ फागुन २०७६
    १२०७ पटक
    १ फागुन २०७६

    भक्तपुर । भक्तपुरको कमलविनायकस्थित लामगाल चउरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनमीमा विभिन्न विधाका ३ लाख बढी पुस्तकहरु उपलब्ध हुने आयोजक आरम्भ नेपालले जनाएको छ ।

    आरम्भ नेपालले बुधवार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीकोबारेमा जानकारी दिएको हो । भक्तपुर जिल्ला र वरीपरीका जिल्लाहरुमा बसोबास गर्ने नागरिकहरुमा असल अध्ययनको बानी र पुस्तक संस्कृतिको उत्थान गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गर्न लागिएको आयोजक आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले जानकारी दिए ।

    उनले प्रदर्शनीले विभिन्न विधा, विषय र क्षेत्रका किताबहरुलाई एकै स्थलमा जम्मा गरी किताब पारखीहरुलाई किनेर पढ्ने वातावरण बनाउन सहयोग पुर्याउने बताए ।
    प्रदर्शनीमा कला, संस्कृति, इतिहास, साहित्य, चिकित्सा, पकवान, दर्शन, आदि सम्पूर्ण विषयका किताबहरु एउटै स्थलमा उपलब्ध बनमालाले स्पष्ट पारे ।

    बनमालाले प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (का रोहित) ले गर्ने जानकारी दिँदै प्रदर्शनीमा विभिन्न प्रकाशकहरुको साथै फोटो प्रदर्शनी, नेवारी परिकारका खानाहरुको स्टल,भक्तपुरको कला संस्कृतिसंग सम्बन्धित चित्रकलारमुर्तिकला प्रदर्शनी, नवदुर्गा जात्रासङ्ग सम्बन्धित मुकुन्डो प्रदर्शनी गरिने जानकारी दिए ।

    प्रदर्शनीको सहसंयोजक दिनेश प्रधानले ३ दिन प्रदर्शनीको दौरानमा हरेक दिन विशेष कार्यक्रम पनि हुने जानकारी दिए । सो अवसरमा कथा वाचन कार्यक्रम, गजल तथा कविता वाचन कार्यक्रम, भक्तपुर महोत्सव र पर्यटन बारे अन्तक्र्रिया, बाल कविता प्रतियोगिता समेत हुने उनले स्पष्ट पारे ।

    प्रदर्शनीमा १८ प्रकाशकका स्टल, भक्तपुरको जुजु धौ र नेवारी परिकारको स्टल रहने र विद्यालयहरुलाई पुस्तकालयको लागि विशेष छुट दिइने आयोजकले जनाएको छ । प्रदर्शनी स्थलमा ए, बि, सि श्रेणीमा स्टलहरु वर्गीकरण गरी तीन दिनका लागि ए श्रेणीका लागि २५ हजार, बिका लागि २० हजार र सि श्रेणीका स्टलका लागि १५ हजार शुल्क तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...