News Portal

  • पूर्व प्रधानसेनापति क्षेत्रीको भ्रष्टाचारको उजुरीमा संसदीय समितिको छानविन

    भक्तपुरपोष्ट संवाददाता१ फागुन २०७६
    १०१० पटक
    १ फागुन २०७६

    काठमाडौं । नेपाली सेनाका पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा अर्बौ रुपैयाँको भ्रष्टाचार भएको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिका छानविनका लागि राय पेश भएको छ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि छानविन गर्न सुझाव दिएको हो ।

    नेकपाका सांसद रेखा शर्मा, नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेको कार्यदलले बिहीबार समिति समक्ष आफ्नो प्रतिवेदन रायसहित बुझाएको हो । सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

    यीलगायतका समितिमा प्राप्त उजुरीहरुबारे अध्ययन गरी सुझाव दिन गठित कार्यदलले सेनाको मुख्यालय पुनर्निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गरी कानुनअनुसार कारबाही गर्नका लागि रक्षा मन्त्रालयलाई लेखी पठाउने सुझावसहितको प्रतिवेदन मूल समितिमा पेश गरेको छ ।

    कार्यदल सदस्य समेत रहेकी नेकपाकी सांसद सांसद रेखा शर्माले नेपाली सेनाको ‘विविध सेवा नियमावली’ लाई लिएर समितिमा उजुरी परेको जानकारी दिएकी थिइन् । समिति सदस्य झपट रावलले उजुरीमा सुरक्षा निकायका अधिकारीले करोडौंको भ्रष्टाचार गरेको भन्ने रहेको बताएका छन् ।

    कार्यदल सदस्य एवं समिति सदस्य शर्माका अनुसार सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा ब्यापक भ्रष्टाचार भएको दाबी गर्दै २१ भदौ २०७५ मा समितिमा उजुरी परेको थियो ।
    समितिले आठ महिना अघि समितिमा प्राप्त उजुरीमाथि अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...