News Portal

  • यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

    भक्तपुरपोष्ट संवाददाता३ फागुन २०७६
    ७५५ पटक
    ३ फागुन २०७६

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने निश्चित भएको दाबी गरेका छन् । संघीय संसद् प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा शनिबार उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गरेका हुन् ।

    नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौताले नेपालको सडक र ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने कार्यक्रम अगाडि सारेको छ। सम्झौतामा रहेका कतिपय व्यवस्थालाई लिएर नेकपाभित्र विवाद रहेका बेला ओलीले संसद्‍मा यस्तो अभिव्यक्ति दिएका हुन्।

    ‘आगामी ५ वर्षभित्र यो एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिकव्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित छ,’ ओलीले भने। अमेरिका सरकारको ५० अर्ब र नेपालको १३ अर्बको लगानी रहेको एमसीसी परियोजनाले राष्ट्रिय गौरवको पहिचान प्राप्त गरेको उनको भनाइ थियो। ‘एमसीसी कम्प्याक्ट अन्तर्गत गोरखपुरसम्म प्रशारण लाइन दीर्घकालीन योजना तयार भएको छ। यो लगानी एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ,’ उनले भने।

    एमसीसी परियोजनाअन्तर्गत नेपालको भूभाग हुँदै भारतको गोरपुरसम्म १२० किलोमिटर लम्बाइको ४०० केभी क्षमताको प्रशारण लाइन विस्तार गर्ने कार्यक्रम हो। त्यसका लागि नेपाल सरकार र भारत सरकारबीच सहमति भइसकेको प्रधानमन्त्रीले बताए। ‘नेपालको उत्पादित विद्युत् भारत र बंगलादेश बेच्न बाटो खुलेको छ। अन्य देशमा निर्यात गर्ने बाटो पनि सुनिश्चित भएको छ,’ उनले थपे।

    हेर्नुहोस् सम्बोधनको पूर्णपाठ सहित

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...